२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

२०७५, २५ जेष्ठ शुक्रबार ०७:४३

जेठ २५, काठमाडौँ | तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ । 

घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका सात लाख १८ हजार ९०३ लाभग्राहीमध्ये चार लाख दुई हजार ६१३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता गरेका लाभग्राही संख्याको ५६ प्रतिशत हो । 

दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख ३५ हजार ३४० पुगिसकेको छ । पहिलो किस्ता लिने लाभग्राहीको संख्या सात लाख १० हजार ४३ पुगेको छ । 

दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकाले पनि घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढोत्तरी भइरहेको छ । 

निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका कारण घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । 

दोस्रो एवं तेस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनःनिर्माण सम्पन्न र पुनःनिर्माण भइरहेका घरको संख्या पनि बढेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार पुनःनिर्माण शुरु भएका चार लाख ८१ हजार चार घरमध्ये एक लाख ६२ हजार १८९ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । 

जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । भूकम्पले सबैभन्दा बढी घर सिन्धुपाल्चोकमा भत्किएका थिए । 

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि वृद्धि भइरहेको छ । तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या एक लाख ७४ हजार २०८ पुगेको छ । तीमध्ये एक लाख ३७ हजार ७३१ ले तेस्रो किस्ता लिइसकेका छन् । 

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउँछन् । तेस्रो किस्ताबापत रु एक लाख पाउने कार्यविधि छ । अनुदान सम्झौता गरेपछि पहिलो किस्तामा रु ५० हजार दिइन्छ । पहिलो किस्ताको अनुदानले पीडितले घरको जग निर्माण गरेपछि इन्जिनियरले जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । 

प्राधिकरणले पछिल्लो समय गुनासो सुनुवाईलाई पनि तीव्रता दिएको छ । सुनुवाईबाट छनोट भएका पीडितलाई पुनःनिर्माण लाभग्राहीमा समावेश गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ महिनाभित्र गुनासो सम्बोधन गरी सात हजार ४२२ पुनःनिर्माण लाभग्राही थप गरेको छ । 

हालसम्म लाभग्राही सूचीमा परेका पीडितको संख्या सात लाख ७५ हजार १२७ पुगेको छ । यसैगरी प्रवलीकरण सूचीमा सूचीकृत भएका लाभग्राहीको संख्या २९ हजार ४९३ पुगेको सहप्रवक्ता घिमिरेले बताउनुभयो । 

पौने आठ लाख लाभग्राहीमध्ये बिहीबारसम्म सात लाख १८ हजार ९०३ ले अनुदान सम्झौता गरेका छन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण हुनेको संख्या एक लाख ७४ हजार २०८ पुगेको छ । एक लाख ६२ हजार १८९ घर पुनःनिर्माण सम्पन्न भएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै