<p><b>असार ५, काठमाडौँ ।</b> राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गर्नुभएको छ । <br></p><p>राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल जानुभई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिनुभयो । सन्देशमा राष्ट्रपति भण्डारीले डा देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । </p><p>डा. देवकोटाको सोमबार अपराह्न निधन भएको थियो । उहाँको शवलाई श्रद्धाञ्जलि प्रकट गर्न अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । </p>
June 19, 2018
काठमाडौँ - KTM, समाज
राष्ट्रपतिद्वारा देवकोटाको निधनमा समवेदना प्रकट
By kit
2 मिनेट पढाइ










