असार ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ९४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र विक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ ७६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ४३ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)