Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मानव अधिकार तथा शान्ति समाजका संस्थापक पहाडीसहित २५ मानवअधिकारकर्मी पक्राउ

By kit

असार २६, काठमाडौं | मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको धर्ना स्थलबाट प्रहरीले २५ जना शान्तिवादीहरुलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेलसहित २५ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।

प्रदर्शनकारीले  स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको भन्दै सो समाजले धर्ना दिएका थिए |