Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गृह मन्त्रालयले दियो यस्तो निर्देशन: अब दिउँसो ट्रिपर चलाउन नपाइने

By kit 2 मिनेट पढाइ

मनोज पराजुली ।  असार २७, काठमाडौं। गृह मन्त्रालयले उपत्यकामा दिउँसो ट्रिपर चलाउन रोक लगाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।  अबदेखि  राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुने प्रवक्ता सुवेदीले बताए ।

तीन वटै जिल्ला प्रशासन कार्यालयलाई आजै पत्राचार भएकोले निर्णय लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको उनले बताए । निर्णय कार्यन्वयनको लागि शुरुका केहि दिन प्रचार प्रचार गरि मात्र लागू गराउन निर्देशन दिइएको प्रवत्ता सुवेदीले जानकारी दिए ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले दिउँसो ट्रिपर चलाउन बन्देज गर्ने निर्णय गरेको हो ।