२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक

२०७५, १९ श्रावण शनिबार ०८:०५

साउन १९, काठमाडौँ | विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् । 

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेल क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न प्रहरीले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो । “नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधि हातेमालो गरेर अगाडि बढ्नुपर्छ,”–उहाँले भन्नुभयो । 

काठमाडौँ महानगरपालिका– १७ का अध्यक्ष नवीन मानन्धरले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । 

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको बताउनुभयो । 

लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चारजनालाई पक्राउ, रु २० लाखसहित एक हुण्डी कारोबारी पक्राउ, विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ, मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको वृत्तप्रमुख केसीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट