२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नदी सफाइबाट २२ मेट्रिक टन फोहर व्यवस्थापन

२०७५, १९ श्रावण शनिबार ०८:५१

साउन १९, काठमाडौँ | जननिर्वाचित पदाधिकारीलाई सक्रिय र जिम्मेवार बनाइ उपत्यकामा सफाइ अभियानलाई तीव्रता दिन शुरु गरिएको छ । 

मुहानबाट नै वाग्मती सफा राखौँ भन्ने नारासहित वाग्मती सुन्दरता सरोकार मञ्चले जननिर्वाचित पदाधिकारीको नेतृत्वमा सफाइ शुरु गरेको हो । नगर र महानगर पालिकाका वडालाई वाग्मती सफाइ अभियानमा स्वामित्व ग्रहण गर्न प्रेरित गर्दै केही हप्तादेखि नयाँ स्वरुपमा काम शुरु भएको छ । 

वाग्मतीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका– १ बाट प्रारम्भ भएको पछिल्लो चरणको अभियान वडा नं २ को नेतृत्वमा कोलमतेश्वर नदी वडा नं ३ को सक्रियतामा स्यालमती(घट्टे खोला) वडा नं ४ को नेतृत्वमा सूर्यमती र चन्दमती, वडा नं ५, ६, ७ र ८ को सक्रियतामा वाग्मती नदी किनारमा सफाइ सम्पन्न भइसकेको छ । 

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका– ८ तथा काठमाडौँ महानगरपालिका– ६ र ७ को नेतृत्वमा वाग्मतीको विभिन्न क्षेत्रमा सफाइ भइसकेको छ । सफाइ अभियानले स्रोतमै फोहरको वर्गीकरण गर्दै अर्गानिकलाई नदी किनारमै विसर्जन गर्ने नीति अघि सारेको छ । बिक्री हुने फोहरलाई अलग राखी काम नलाग्ने फोहरलाई मात्र अन्तिम विसर्जनको व्यवस्था मिलाउने क्रम शुरु भएको छ । 

वाग्मती सफाइ महाअभियानको २७३ औँ हप्ता पूरा भए पनि प्रभावकारी रुपमा काम हुन नसकेको अभियानकर्मीकै गुनासो छ । वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका नदी एवं चक्रपथ सफाइ अभियानले पनि सफाइ गरेर फोहर भने व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् । 

बाइस मेट्रिक टन फोहर व्यवस्थापन 

यसैबीच आज २७३ औँ हप्ताको वाग्मती सफाइ पशुपति क्षेत्रस्थित राममन्दिर परिसरमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३४ हप्ता पनि यसै स्थानमा गरियो । 

कार्यक्रममा निरन्तर रुपमा वाग्मती सफाइमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुडासैनी मैत्री समाज, तिलगंगा महिला समूह, माकलबारी टोल सुधार समाज तथा राम्रो जोरपाटी हाम्रो जोरपाटीलाई महानगरपालिका– ८ कार्यालयले सम्मान गरेको थियो । 

खानेपानी मन्त्री बिना मगरले आजको वाग्मती सफाइ महाअभियानको शुभारम्भ गर्नुहुँदै प्रभाव र दायरा फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य, वडा नं ८ का अध्यक्ष दिनेशकुमार डंगोल लगायतले वाग्मती सफाइमा स्थानीय सहभागिता आवश्यक रहेको बताउनुभयो । 

सफाइ अभियानले पशुपति राममन्दिर क्षेत्रमा मौलाएकोे झाडी फाँड्दै वाग्मती र किनारमा रहेको फोहर संकलन गरेको थियो । सफाइ अभियानमा आंशिक रुपमा कुहिने फोहरलाई नदी किनारमा खाडल खनेर गाडियो । पुनःप्रयोग हुननसक्ने फोहर मात्र व्यवस्थापनका लागि थुपारिएको जनाइएको छ । 

रुद्रमती सफाइको २२७ औँ हप्तामा डिल्लीबजार चारखाल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका– ३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइको २०० औँ हप्तामा टोखा नगरपालिका– ८ क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो 

वाग्मतीको सुन्दरीघाट सफाइको ८३ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले बताउनुभयो । यसैगरी मनोहरा नदी सफाइको ७१ औँ हप्तामा जडीबुटी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

चक्रपथ सफाइको ६९ औँ हप्तामा सानो भ¥याङ चोकबाट हलचोकसम्म सफाइ गरियो । यो सडकमा १० वर्षदेखि ग्यारेज गरी राखिएको १२ वटा सवारी महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा डोजर लगाएर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिनुभयो । 

६०० जना अभियानकर्मीको उपस्थितिमा गरिएको सफाइबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइको ६९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

चक्रपथ बाफल खण्ड सफाइको ५१ औँ हप्तामा सितापाइलाचोकबाट कारखाना चोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । साउने झरी परेपनि अभियानकर्मी सफाइमा सक्रिय थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट