२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

२०७५, १९ श्रावण शनिबार ०९:५२

साउन १९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । 

सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको त्रिविले जनाएको छ । 

सेमेस्टर प्रणाली एउटा विषयको लागि कति क्रेडिट आवर प्रदान गरेर शिक्षण गर्ने भन्ने मापदण्ड निर्धारण गरी गुणस्तरीय पठनपाठन सञ्चालन गर्ने शैक्षिक प्रक्रिया हो । यसमा वार्षिक प्रणालीअनुसार एक विषयको १०० पूर्णाङ्क हुन्थ्यो भने, त्यही एक विषयको सेमेस्टर प्रणालीमा तीन क्रेडिट आवर मानिन्छ । 

“जति क्रेडिट आवर हुन्छ, हप्तामा त्यति नै घण्टा कक्षाकोठामा पठनपाठन क्रियाकलाप हुनुपर्दछ भन्ने अनिवार्य शर्त सेमेस्टर प्रणालीमा हुन्छ, प्रत्येक १०० पूर्णाङ्कका विषयको लागि मासिक कम्तीमा १२ क्रेडिट आवर अनिवार्य निर्धारण गरिएको हुन्छ । पूर्णाङ्क ५० मात्र हुने विषयको भने यसको आधा मात्र क्रेडिट आवर हुनेगर्दछ । यसरी क्रेडिट आवरका हिसाबमा एक सेमेस्टरमा ४८ क्रेडिट आवर पठनपाठन हुने गरी चार महिनामा पूरा हुनेगर्दछ । 

चार पाँच महिनाभित्र नतिजा प्रकाशन 

“विद्यार्थीहरूले वार्षिक प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गर्ने परीक्षाको नतिजा आउने आठ÷नौ महिना पर्खनुपर्ने बाध्यता थियो । अहिले सेमेस्टर प्रणालीअनुसारको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको जिम्मेवारी सम्बन्धित संकायहरूको डीन कार्यालयलाई दिइएको छ । गत शैक्षिकसत्रमा व्यवस्थापन संकायतर्फ २०७४ माघ ११ गते परीक्षा सकिएकोमा दुई महिना १८ दिनपश्चात २०७४ चैत २८ गते नतिजा प्रकाशन भएको थियो ।”त्रिविका सहायक प्रवक्ता नोदनाथ त्रितालले भन्नुभयो । 

यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ २०७४ माघ २ गते परीक्षा सकिएकोमा वैशाख अन्तिम सातादेखि जेठ अन्तिम सातासम्म विभिन्न विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको भइसकेको त्रिविले जनाएको छ । 

सेमेस्टर प्रणाली अन्तर्गतका परीक्षाहरू डीन कार्यालयबाट सञ्चालन र नतिजा प्रकाशन शुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पनि वार्षिक प्रणालीको परीक्षाको परीक्षाफल प्रकाशनमा हुने ढिलाइ कम गर्दै दुई महिनाभित्र नतिजा प्रकाशन गरेको छ । 

स्नातक तहको नतिजा प्रकाशनमा सुधार गरी परीक्षा समाप्त भएको चार महिनाभित्र अनिवार्य नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ । यसबाट विद्यार्थीले नतिजाको लागि लामो समय पर्खनुपर्ने र समय खेर फाल्नुपर्ने समस्याको समाधान हुने उहाँको भनाइ छ । 

त्रिविमा गुणस्तरीय शिक्षाको लागि सेमेस्टर प्रणाली लागू गर्नु र परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने कार्यक्रममा उच्च शिक्षा सुधार परियोजनाले आर्थिक सहयोग गर्दै आएको छ । 

स्नातकोत्तर तहको सेमेस्टर प्रणाली आर्थिक वर्ष २०७०÷७१ बाट कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट शुरु भएको हो । शैक्षिक सत्र २०७४ देखि उपत्यकाभित्र पूर्णरुपमा र शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट