Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा

By साझासवाल 3 मिनेट पढाइ

साउन २९, काठमाडौं | बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्।

आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार, खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् ।

त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ। गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन् । त्यस्तै बडिमालिका नगरपालिकाका उपप्रमुख  कविता विष्टदेखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज दुवैजना गरिबको सूचीमा छन् ।

पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लमा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ । २०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ । गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्ने अति गरिबको सूचीमा राख्ने नीति छ ।

तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन् ।  हचुवाको भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार सूचीमा पर्न नसहेका हुन् ।