२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट १७ मेट्रिक टन फोहर व्यवस्थापन

२०७५, ९ भाद्र शनिबार ०८:०४

भदौ ९, काठमाडौँ | भदौरे झरी र हिलोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज १७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २७६ औँ हप्तामा तिलगङ्गा आँखा अस्पताल अघिको नदीमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीलगायत ३१ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

सामाजिक शिक्षा र उत्तरदायित्वको भावना जागृत गराउन सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज, कलेज ह्याण्डसमका सहभागी ४० जनाको सफाइमा सहभागिता थियो । अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टङ्क आचार्य, कलाकार मनोज गजुरेल लगायतले सफाइको नेतृत्व गर्नुभएको अधिकार सम्पन्न वाग्मती सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । 

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले सफाइमा जनप्रतिनिधिको सहभागिता जुटाउन थालेको छ । जसअनुसार आजको सफाइको संयोजन महानगरपालिका– ८ र ९ ले गरेको मञ्चका संयोजक उत्तम पुडासैनीले बताउनुभयो । 

सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समिति, तिलङ्गा महिला समूह, आलोकनगर सफाइ अभियानलगायत संस्थाको पनि सक्रियता थियो । 

रुद्रमती सफाइको २३१ औं हप्तामा रातोपुल–सेतोपुल–रुद्रनगर–बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

यसैगरी मनोहरा सफाइको ७४ औँ हप्तामा बालकुमारीस्थित नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–ं ३२ का अध्यक्ष नवराज पराजुलीले सफाइ सामग्रीसमेत हस्तान्तरण गर्नुभएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो । 

चक्रपथ सफाइको ७२ औँ हप्तामा ठूलो भ¥याङबाट स्वयम्भूसम्म सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा तीनै सुरक्षा निकायलगायत अभियानकर्मी गरी १५० भन्दा बढीको सहभागिता रहेको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । वर्षाद्का कारण सहभागीको सङ्ख्यामा कमी आएको थियो । 

यसैगरी चक्रपथको दायाँबायाँ राखिएको कवाडी सामान महानगरपालिकाले उठाएर लगेको छ । कवाडी लिन आउने धनीलाई जरिवाना तिराएर फिर्ता गरिने र नआउनेको महानगरपालिकाले नै व्यवस्थापन गर्ने जनाइएको छ । 

आलोकनगर सफाइको ७२ औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै घरदैलोमा गई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो । 

वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ८६ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ बाफल खण्ड सफाइको ५४ औं हप्तामा घरदैलो जनचेतना अभियान सञ्चालन गरियो । सडकमा फोहर नफाल्न घरघरमा गई अनुरोध गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिनुभयो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । बुटवलको तिनाउ नदी सफाइका लागि काठमाडौँबाट गायक तिलक बस्नेतको नेतृत्वमा समूह परिचालन गरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ