पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १६, काठमाडौं । काठमाडौँमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनामा परेको हो ।

‘नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर आएको जहाज दुर्घटनामा परेको छ,’ यति एयरलाइन्सका बजार प्रमुख भीम राईले भने, ‘अत्याधिक वर्षाको कारण जहाज चिप्लिएर दुर्घटनामा परेको हुनसक्छ ।’

उनका अनुसार अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रु सबै सकुशल रहेको समेत जानकारी प्राप्त भएको छ ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।