भदौ १६, काठमाडौँ | नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएर घासे मैदानमा पुगेको छ ।
त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ ।
कोटेश्वरतर्फबाट विमानस्थलमा अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको पाङ्ग्रा भाँच्चिएको छ । दुर्घटना भएपछि काठमाडौं विमानस्थलको धावनमार्ग ४५ मिनेटका लागि बन्द गरिएको थियो ।
बिमान दुर्घटनाका कारण केहि समय हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाज र मलेसियाबाट आएको मालिन्दो एयरको जहाज सिमरामाथिको आकाशमा होल्ड भएका थिए ।
उक्त जहाज नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर काठमाडौँ आएको थियो ।




Photo Credit: Sanjel Pursotam (FB)