Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हिमाली नविन समाजको ‘संस्थागत सामाजिक लेखाजोखा कार्यक्रम’ सम्पन्न

By साझासवाल 6 मिनेट पढाइ

भदौ २१, काठमाडौँ | हिमाली नविन समाज (THIS) ले २०७५ को संस्थागत सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।  पारिवारिक पूनर्मिलन तथा पुनस्थापनाको कार्यमा संलग्न रही हालसम्म ५६ जिल्लामा कार्यक्रम गरिसकेको यो संस्थाले काठमाडौँ महानगरपालिका ४ का वडाअध्यक्ष, बाल कल्याणसँग सम्बन्धि सरकारी अधिकारी, सुरक्षाकर्मी तथा बिभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थितिमा संस्थागत सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको हो ।

माथिको तश्विरमा: THIS को २०१७ का कार्यक्रमहरु बारे जानकारी गराउंदै समाजका कार्यकारी निर्देशक धन बहादुर लामा । तश्विर: सास

संस्थाले २०१७ मा एकल महिलाका बालबालिकालाई शैक्षिक सहयोग, नेपालका बालगृहमा हुने बालबालिका बेचबिखनको अन्त्य र सबल परिवार तथा दिगो भविष्य निर्माणमा आधारित रहेर काम गरेको जनाएको छ । जसमध्य एकल महिलाका बालबालिकालाई शैक्षिक सहयोग अन्तर्गत हुम्लाका ६२ जना बालबालिका, नेपालका बालगृहमा हुने बालबालिका बेचबिखनको अन्त्य अन्तर्गत ९२ जना बालबालिका र सबल परिवार तथा दिगो भविष्य निर्माण अन्तर्गत ८४ जना बालबालिकामा आफ्नो कार्यक्रम केन्द्रित गरेको जनाएको छ ।

त्यस्तै कार्यक्रममा हिमाली नविन समाज (THIS) ले आफ्नो संरक्षणमा आएका ७४० बालबालिकालाई परिवारकै वातावरणमा रमाउने वातावरण बनाएको जानकारी गराएको छ । जस मध्ये समाजले ६५० जना बालिबालिकालाई आफ्नै परिवारमा रम्ने वातावरण प्रदान गरेको छ भने ५३ जना बालबालिकालाई उनका नातेदारलाई जिम्मा लगाई उनीहरुमा आफ्नो सहयोग जारी राखेको जनाएको छ ।

त्यस्तै कार्यक्रममा हिमाली नविन समाजको वार्षिक आय-व्याय सार्वजनिक गर्ने क्रममा यो बर्ष बालबालिका पुनर्स्थापनामा सर्वाधिक ४० प्रतिशत रकम खर्च गरेको जनाएको छ । त्यस्तै उद्दार तथा आवधिक गृह संचालन र युवा उत्प्रेरणामा २०/२० प्रतिशत बजेट खर्च गरेको जनाएको छ । यो बर्ष संस्थाको कुल वार्षिक व्याय १ करोड ९५ लाख ३८ हजार ४१३ रहेको र दात्री निकायबाट प्राप्त आय कुल १ करोड ९५ लाख ८० हजार १०१ रहेको समाजले जनाएको छ । त्यस्तै यस संस्थाले आर्थिक पारदर्शिताको लागि ५ हजार भन्दा माथिको कारोवार चेक मार्फत भुक्तानी दिने गरेको, मासिक रुपमा आर्थिक प्रतिवेदन बुझाउने गरेको, कम्तिमा ३ कोटेशनबाट मात्र बिक्रेता छनोट गर्ने गरेको समेत कार्यक्रम मार्फत जानकारी दिएको छ ।

माथिको तश्विरमा: THIS को आर्थिक लेखाजोखाको बारे जानकारी गराईदै । तश्विर: सास

माथिको तश्विरमा: कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका-४ का वडाअध्यक्ष मोहन बिस्ट ।  तश्विर: सास