भदौ २३, काठमाडौं | गोरखाबाट काठमाण्डौको लागी छुटेको अल्टिच्यूट एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सात जना सवार हेलिकप्टर दुर्घटना हुँदा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी घाइते भएकी छिन् । उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । हेलिकप्टर दुर्घटनामा परेपछि आनी डोल्पा डिकीले अल्टिच्युड एयरका सञ्चालक सीतारम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको बताएकी थिइन् ।
विमान हराएको समाचारहरु सार्वजनिक भएपछि सापकोटाले भनेका थिए,‘मलाई फोन गरेर एक यात्रुले भने म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँबारे थाहा छैन, उद्दार गर्न आउनुहोला’त्यसपछि हेलिकप्टर दुर्घटनाको लोकेशन ट्रेस गर्दै खोजी शुरु गरिएको थियो ।
हेलिकप्टरको खोजीका लागि नेपाली सेनासहित निजी वायु सेवा प्रयायक कम्पनीहरुको चार वटा हेलिकप्टर दुर्घटनास्थल पुगेका थिए तर खराब मौसम र अवतरण गर्ने स्थान अभावपछि काठमाडौं फकिएका थिए ।
यो हेलिकप्टरले शनिबार विहान ७ बजेर ३५ मिनेटमा गोरखाको सामागाउँमा अवतरण गरेको थियो। त्यस चार्टर उडानमा ४ चिनियाँ पर्यटक र एक नेपालीसहित ५ जना थिए। ७ बजेर ४० मिनेटमा फर्किदा १ जापानी नागरिकसहित ५ नेपाली पाइलट निश्चल केसी काठमाण्डौका लागि उडेका थिए ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । जसमा एक जना जापानी नागरिक र ६ जना नेपाली थिए ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।
हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
अल्टीच्यूट एयरका अनुसार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।
काठमाडौं विमानस्थलका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो