Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

न्याय खोज्दै काठमाडौं आइपुगेकी निर्मलाकी आमा भन्छिन्:- हामीलाई पनि गोली ठोक्नुस्

By kit 3 मिनेट पढाइ

भदौ २८, काठमाडौं | बलात्कारपछी हत्या भएकी कन्चंपुरकी निर्मला पन्तको परिवार यतिबेला शोकमा डुबेको छ | छोरीको न्यायका निम्ति भिख माग्दै छन् |

निर्मलाकी आमा दुर्गादेवी भन्छिन: 'यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला। मेरी छोरी बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ । मलाई पनि बरु गोली ठोक्नुस् । मलाई मार्छु भन्नुस्, म मर्न  पनि चाहन्छु।'

उनि भन्छिन:- काठमाडौंबाट गएर बुद्धिजीवीहरुले सान्त्वना मात्रै दिए। तर हत्यारा पत्ता लगाएनन् । प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने काम पनि उहाँहरुको हातमा छ। जसरी पनि हामीलाई न्याय दिनुहोला भनेर प्रधानमन्त्रीको शरणमा हामी आएका छौं।

राष्ट्रपति पनि आमा हुन्, उहाँको पनि छोरीलाई यस्तो भएको भए के हुन्थ्यो? मेरो छोरी मात्रै होइन, आफ्नो पनि छोरी पनि सम्झिनु। मेरो ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सोचेर जसरी पनि न्याय दिलाइदिनुस् भन्ने आशामा म यहाँ आएको छु।

न्याय माग्न आएका हौं, न्याय दिलाउनुस्। न्याय नपाएपछि घर फर्कने कसरी? दुई वटी छोरी पनि छोडेर आएका छौं । एक दिन पनि छोरी बिना बाँच्न गाह्रो हुन्थ्यो। तर छोरी छोडेर यहाँ तड्पिरहनुपरेको छ ।