२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब राष्ट्रकवि निवासमा राष्ट्रपति पुगिन्…

२०७५, ७ आश्विन आईतवार ०७:१९

प्रकाश सिलवाल | असोज ७, काठमाडौँ | “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” 


शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहनुभएका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर बिहान ८:३० बजेदेखि आफ्नी श्रीमती महाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बस्नुभएको थियो । 

करीब १० मिनेटको भलाकुसारीमा उहाँहरुबीच स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै उहाँलाई सुस्वास्थ्य, दीर्घायू र सिर्जनशील जीवनको शुभकामना दिनुभयो । 

निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गर्नुभएको सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गर्नुभयो । कोठाभरि मान्छेभन्दा अग्ला आकारका ताम्रपत्र र सम्मानपत्र सजाइएको थियो । साँघुरो त्यो कोठामा छविकार तस्वीर लिन तछाडमछाड गरिरहका थिए । औंपचारिक समारोह भन्दा फरक शैलीमा राष्ट्रकविलाई सम्मानभाव व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी घिमिरे निवास पुग्नुभएको थियो । 

आफन्तजन, पाठका लागि आमन्त्रित पण्डित, सञ्चारकर्मी र सुरक्षाकर्मीकाका कारण घुइँचो देखिएको घिमिरे निवासमा राष्ट्रपतिलाई घिमिरेका छोराछोरीले स्वागत गरेका थिए । गत वर्षको ९९ औँ जन्मदिनमा राष्ट्रपति भण्डारीले आफ्ना प्रमुख स्वकीय सचिवलाई पठाई शुभकामना दिनुभएको थियो । 

लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मनुभएका राष्ट्रकवि घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले जीवनमा कविता र सिर्जनालाई सधैं पहिलो प्राथमिकता दिँदै आएको बताउनुभयो । 

परिवारका लागि भन्दा सिर्जना र देशका लागि आफ्नो जीवन व्यतित भएको र आफूलाई प्राप्त सम्मान एवं सद्भाव आफ्नो सम्पति भएको उहाँले बताउनुभयो । राष्ट्रकवि घिमिरेले भन्नुभयो,“हामीले हाम्रो शरीर र इन्द्रियलाई अनावश्यकरुपमा चलाउनु हुँदैन । नचाहिने कुरा खाने र नचाहिने कुरा बोल्ने गर्नु हुँदैन । यो भगवानले दिएको शरीरलाई देश र समाजको हितमा प्रयोग गर्नुपर्छ ।” 

कुनै त्यस्तो इच्छा बाँकी छ, भन्ने जिज्ञासामा उहाँले आफ्नो प्रकाशोन्मुख महाकाव्य “ऋतम्भरा” का दुई सर्ग लेख्न बाँकी रहेको बताउनुभयो । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन उहाँको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो