Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जीप दुर्घटनामा एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

<p>असोज २९, काठमाडौँ | गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।&nbsp;</p><p>दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । वृत्तका प्रमुख अनिलकुमार विष्टले उक्त दुर्घटनामा घाइते भएका चार जनाको सोही अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।&nbsp;</p>