Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँमा सडक छेउको ढलमा खसेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

काठमाडौँ, १० कात्तिक | काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठ रहेका छन् ।

आज बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिनुभयो ।

“उक्त स्थानमा महीनौँदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ”, उहाँले भन्नुभयो ।