Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाही गोलीकाण्ड : नेकपाका कार्यकर्ता भारतबाट पक्राउ

By kit 2 मिनेट पढाइ

कात्तिक १७, काठमाडौं । सर्लाहीमा गोली लागेर नेपाली कांग्रेसको कार्यकर्ता मारिएको घटनामा संलग्न भएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपाका कार्यकर्ता उपेन्द्र राय यादवलाई शुक्रबार राति जिल्ला भारतीय प्रहरीको सहयोगमा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

सर्लाहीको रामनगर-४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । जसमध्ये गोली चलाउने भनी दुई जनाको नाममा किटानी जाहेरी परेको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेका उपेन्द्र राय यादवलाई भने घटनाको मतियार बनेको अभियोग छ ।