२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ नोट साट्न अब दशैं कुर्नु नपर्ने, यी चाडहरुमा पनि साट्न सकिने

२०७५, २६ कार्तिक सोमबार ०८:०५

कात्तिक २६, काठमाडौं | नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब नयाँ नोट साट्न दशैं नै कुर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दशै तिहारका अलवा अन्य चाडबाडका लागि पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गर्ने भएको छ । 

दशैंसँगै नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, जितिया पर्व, योमरी पुन्ही ज्यापु दिवस, ल्होसार, क्रिसमस, माघी पर्व, महाशिवरात्री, घोडे जात्रा, इद लगायतका राष्ट्रिय पर्वमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।  

देशका विभिन्न जातजाती र भाषा भाषीले मनाउने चाडवाड तथा राष्ट्रिय दिवसमा नोट सटही गर्न पाइनेछ ।

सबै जातजाति र चाडपर्वको सम्मान स्वरुप नयाँ नोटको व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट साट्नका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली लगायत उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकको कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढीबाट पाइन्छ । 

यस अघि दशैमा मात्र नयाँ नोट दिने गरेको राष्ट्र बैंकमा नोट सटहीको लागि भिड लाग्ने गरेको छ । अन्य चाडवाडमा पनि नयाँ नोट साट्न पाइने भएपछि भीडभाड कम हुने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ