पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ७, काठमाडौँ | प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जम्मा रु. पाँच लाख राशीको उक्त पुरस्कार जनही रु. दुई लाख पचास हजारका दरले प्रदान गरिनेछ ।

लामो समयदेखि पत्रकारितामा संलग्न रहनु भएका पत्रकार देवकोटा छापा पत्रकारिता मार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधानसम्पादकको रुपमा रहेका छन् भने पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल अनलाइन खबर डटकमका सम्पादक हुन् ।

माथिको तश्वीरमा: पत्रकारद्वय कृष्णज्वाला देवकोटा (बायाँ) र अरुण बराल (दायाँ)

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले उक्त पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा मंसिर २४ गते प्रदान गर्ने भएको छ ।