Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार चन्दलाई तत्काल रिहाइ गर्न महासंघको माग

By साझासवाल 3 मिनेट पढाइ

मङि्सर १२, काठमाडौं । नेपाल पत्रकार महासघले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

समाचार लेखेको आधारमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी मंगलबार विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाप्रति आपत्ति जनाउँदै महासंघले आज विज्ञप्ति जारी गरी तत्काल रिहाई गर्न गरेको हो।

विज्ञप्तीमा भनिएको छ,‘प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,’ विज्ञप्तीमा भनिएको छ,‘सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई छ।’

काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानूनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगत्लाई हतोत्सायी बनाएको ठहर महासको छ । महासंघले आम सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्न आह्वानसमेत गरेको छ ।