Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नै सवारीका चालकद्वारा बालक अपहरण: पुलमुनि जेब्रा झोलामा भेटियो शव

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १३, काठमाडौं । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र सार्कीले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव फेला पारेको हो ।

बालक अफराना पछी पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो । स्याङ्जा घर भएका सार्कीले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको बयान दिएका छन् । बयानका क्रममा उनले बिहिबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको स्वीकारेका छन् । अपहरणकारीको बयानको आधारमा प्रहरीले बालक शव समेत बरामद गरेको छ ।

तश्वीरमा: अपहरणपछी हत्या गरिएका बालक

बालकको मंगलबार बेलुका अपहरण भएको थियो । मंगलबार साँझ अपहरित बालकका बुबा नियमित स्वास्थ्य जाँचका लागि निस्किएको मौका पारेर अपहरणकारी सार्कीले बालकलाई चकलेट दिएर फकाएर अपहरण गर्न सफल भएका थिए ।

८ बर्षीय बालकलाई अपहरण गरेर लागेका सार्कीले हत्या गरि काठमाडौँकै म्हेपीको पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र हालेर फालेको खुलेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।