Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंको ढल्कुमा टिपको ठक्करबाट एक युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

<p>काठमाडौँ, २२ मङ्सिर | काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०:५५ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो ।&nbsp;</p><p>दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको महानगररीय ट्राफिक प्रहरी महाशाखाका उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।&nbsp;</p>