Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानन्यायाधीशमा राणा सिफारिश

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २७, काठमाडौँ । प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ ।&nbsp;<br></p><p>सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।&nbsp;</p><p>जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा पर्नुभएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । रासस</p>