Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणबारे प्रधानमन्त्रीले मुख खोले

By kit 2 मिनेट पढाइ

<p>पुस १२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भए छानबिन गर्ने बताएका छन् । बिहीबार बसेको नेकपा स्थायी कमिटीमा ओलीले यस्तो बताएका हुन् ।&nbsp;</p><p>बुधबार बसेको संसद बैठकमा विपक्षी नेता शेरबहादुर देउवाले बाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका थिए । त्यस्तै नेकपा नेताहरुले पनि आज बाइडबडी खरिद प्रकरणमा ओलीलाई प्रश्न गरेपछि मुख खोलेका हुन् ।</p><p>यस्तै ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पनि बैठकमा मुख खोलेका छन् । बैठकमा उनले निर्मला प्रकरणमा सुरुमा&nbsp; केही कमजोरी भएपनि अहिले प्रभावकारी रुपमा छानबिन भइरहेको बताए ।&nbsp;</p><p>उनले भने, ‘आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाएर छाड्छौं ।’</p>