२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जलवायु सम्मेलन सोमबारदेखी

१५ पुष २०७५, आईतवार १०:५५

पुस १५,  काठमान्डौ रासस |  जिल्ला समन्वय समिति ९जिसस महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ हुँदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । 

सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । 

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ । 

“जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ” संयोजक तामाङले भन्नुभयो । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ । 

सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनालाई निम्त्याइएको छ । सम्मेलनस्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अङ्कित नेपालको झण्डा राखिएको छ । उहाँले भन्नुभयो, “सम्मेलनको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिसगै जिल्लाको नाम अङ्कित झण्डोत्तोलन गर्नुहुनेछ ।” सम्मेलनका लागि करीब रु एक करोड खर्च लाग्ने आयोजकको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली