पुस २४, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले खुला प्रतिस्पर्धाबाट छानिएका तीनजना मध्ये पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक हुनुहुन्थ्यो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको अभियोगमा बर्खास्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गरेको थियो ।

January 8, 2019
काठमाडौँ - KTM, समाज
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त
By kit
2 मिनेट पढाइ