२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा मापसे जाँचमा कडाइ

२०७५, २ माघ बुधबार ०७:२६

माघ २, काठमाडौँ | काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो । 

मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँच पटकसम्म प्वाल परेपछि अर्काे पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ । जाँचमा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ । अब दिउँसोमा यस्तो जाँच थालेपछि सङ्ख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित