पूर्व युवराज पारसको स्वास्थ्यमा केहि सुधार, थोरै खाना खाए

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माघ १५, काठमाडौं | हृदयाघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा केही सुधार आएको छ। नर्भिक अस्पतालको सिसियूमा उपचाररत उनको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा सुधार आएका पारसले बिहान थोरै खाना खाएको बताइएको छ।

छातीमा असह्य पीडा भएपछि उनलाई नर्भिक लगिएको थियो। उनलाई अस्पतालको आकस्मिक कक्षमा सोमबार दिउसो ४ बजेर १५ मिनेटमा भर्ना गरिएको थियो। जाँचका क्रममा उनलाई कडा हृदयाघात भएको पाइएको थियो।

लगत्तै अस्पतालका मुटु रोग विशेषज्ञ डा यादव देव भट्टको टिमले उनको शल्यक्रिया गरेको थियो।

पारसको उपचारमा डा भट्टसहित डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो।

उनलाई आइतबारदेखि नै छाती दुख्ने समस्या देखिएको थियो।

पारसलाई हृदयाघात भएको यो तेस्रो पटक हो। यसअघि पनि उनको मुटुको नलीमा स्टेन्ट राखिएको थियो।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply