२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलबाटै प्रकाण्डका छोरा गोलीसहित पक्राउ

२०७५, १७ माघ बिहीबार १७:०८

माघ १७, मोरङ | विराटनगर विमानस्थलबाट बिहीबार साँझ चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई प्रहरीले काठमाडौं जाने क्रममा विमानस्थलमा जाँचका क्रममा गोलीसहित पक्राउ गरेको  हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘विमानस्थलमा यात्रु सुरक्षा जाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका हौं ।’

नेत्रविक्रम चन्द नेत्रृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्रलाई विमानस्थल यात्रु जाँचका क्रममा गोलीसहित पक्राउ गरिएको हो । यति एयरलायन्सको बिहीबार साँझ ५:५५ को उडानबाट काठमाडौं जाने क्रममा विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीन वटा गोली बरामद भएको प्रहरीले बताएको छ।

प्रहरीका प्रवक्ता श्रेष्ठले भने, ‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन्,’ उनले भने, ‘उनको अन्य पृष्ठभूमि भने खुल्न सकेको छैन।’ ‘पक्राउ परेका विश्वकर्माका बारे अनुसन्धान थालेका छौं,’ श्रेष्ठले भने, ‘पक्राउ परेका युवाका बारेमा अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सक्छौं।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह