Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

महाराजगञ्ज प्रहरीद्वारा पाँच भारतीय महिला पक्राउ

By साझासवाल

<p><b>माघ १७, काठमाडौँ (रासस) |</b> महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई आज दिउँसो पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुंवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताउनुभयो ।&nbsp;</p><p>“सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”,उहाँले भन्नुभयो । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।</p>