Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतले पाकिस्तानमा बम खसाएसँगै नेपालमा उच्च सुरक्षा सतर्कता, यस्तो छ खतरा !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, काठमाडौँ | भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।

भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ ।

भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीले  जनाएको छ ।

प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।

नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो ।