पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन १५, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।<br></p><p>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।</p><p>उनका अनुसार कोही शंकास्पद मानिसहरु फेला पर्ने वित्तिकै तत्काल नियन्त्रणमा लिनसमेत निर्देशन दिइएको छ ।</p>

