Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हेलिकप्टर दुर्घटनाका ४ शव सुकेटार ल्याइयो, हिउँ पर्न थालेपछि उद्धार कठिनाइ (४ तश्वीर)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, ताप्लेजुङ | नेपाली सेनाको हेलिकप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जना मध्ये ४ जनाको शव ताप्लेजुङको सुकेटार ल्याएको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न सक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको छ । अन्य तीन शव ल्याउने तयारी भए पनि मौसमका कारण कठिनाई भइरहेको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ ।

अहिले घटनास्थलमा हिउँ पर्न थालेको र कुहिरो लाग्न सुरु भएकोले बाँकी शव आजै उद्धार हुनेमा आशंका पैदा भएको बताइएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

माथिको तश्वीरमा ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै नेपाली सेनाको हेलिकप्टर । तस्बिरः नारायण ढुंगाना, रासस