Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको शव मात्र पहिचान भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरे बाहेक अन्य ५ जनाको शव पहिचान गर्न कठिनाई भएको हो ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको हो ।

शरीर पूर्ण रुपमा जलेका कारण अन्यको पहिचान हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जनाए ।

यदी परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा प्रहरीसामु शवको पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण मात्रै रहेनछ । जुन प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ ।

अधिकारीहरुका अनुसार पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । त्यस्तै, पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो ।