२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

२०७५, २१ फाल्गुन मंगलवार १०:२३

फागुन २१, काठमाडौँ । सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् । 

महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्काेलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा ठूला घर नभएपनि काठ, बाँसलगायतका निर्माण सामग्री राख्नका लागि बनाइएका टहरा यथावत् रहेका छन् । 

पटक÷पटक यी टहरा हटाउनका लागि भनिएपनि नहट्दा काममा बाधा पुगेको योजनाले बताएको छ । उहाँले भन्नुभयो, “हामीले लिखित र मौखिक दुबै रुपमा टहरा हटाउन भनिरहेपनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।” 

नेपाल सरकारले गर्ने भनिएको भित्री दुई लेनको सडकमा झण्डै ७० प्रतिशत काम भइसकेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “टहरा हट्नासाथ बाँकी ३० प्रतिशत अघि बढ्नेछ ।” स्थानीय तहले यहाँका घरटहरा हटाउनका लागि सहयोग नगरेको योजनाले बताउँदै आएको छ । 

संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ 

महानगरीय प्रहरी परिसर ललितपुरले संरक्षित वन्यजन्तु जरायोको सिङसहित ललितपुर महानगरपालिका–९ भोल्ढोका बस्दै आएका गोकुल विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । 

विश्वकर्माको डेराकोठाबाट लुकाएर राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो वस्तु आठ वटा र सानो सिङ जस्तो देखिने दुई वटा, पित्तलजडित शङ्ख एक वटा, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा पाँच वटा बरामद भएको परिसरले जनाएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । परिसर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको संयुक्त टोलीले कानूनअनुसार खोजतलासी गरेको उहाँले बताउनुभयो । विश्वकर्मालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको परिसरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो