२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदस्य–सचिव दाहालद्वारा पदस्थापन

२०७५, २२ फाल्गुन बुधबार ०६:२०

फागुन २२, काठमाडौँ | राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गर्नुभएको छ । 

कोषको कार्यालयमा मङ्गलबार पदबहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह अधिकतमरुपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि उहाँ वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रमुख हुनुहुन्थ्यो । 

कोष ऐन, २०३९ को पछिल्लो संशोधनअनुसार प्रधानमन्त्री कोषको संरक्षक हुने र वन तथा वातावरणमन्त्री कोषको अध्यक्ष हुने व्यवस्था छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले दाहाललाई यही फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि कोषको सदस्य–सचिव पदमा मनोनयन गर्नुभएको हो । 

जैविक विविधता संरक्षणमा लामो अनुभव सङ्गाल्नु भएका दाहालले यसअघि विभिन्न जिल्ला वन अधिकृत, वन अनुसन्धान विभागमा उपमहानिर्देशक तथा तत्कालीन क्षेत्रीय वन निर्देशनालयमा अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी र मन्त्रालयका विभिन्न महाशााखाको जिम्मेवारी सम्हाली सक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो