२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

२०७५, २३ फाल्गुन बिहीबार ०८:०९

फागुन २३, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । 

किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । 

सभामुखसँग समय माग गर्दै सांसद त्रिपाठीले किसानले उत्पादन गरेको कृषि उपज विचौलियाले निर्धारण गरेर किसान र उपभोक्तालाई समेत दिनदहाडै ठगी गरिरहेकाले तत्काल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यान दिनुपर्ने र त्यस्तो आयोग गठन गर्नुपर्ने सांसद त्रिपाठीको माग छ । 

बजारलाई कृषि उपजको मूल्य निर्धारण गर्न दिँदा किसान मर्कामा परेको विषय आफूले पटक पटक सदनको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । 

यस्तै सांसद त्रिपाठीले उखु किसानलाई सरकारले दिएको अनुदान प्राप्त गर्न कठिनाइ भएको भन्दै किन त्यस्तो भएको हो भन्ने प्रश्न गर्नुभयो । 

सरकारले निर्धारण गरेको अनुदानको २० प्रतिशत मात्रै किसानले प्राप्त गरेको भन्दै उहाँले सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

यस वर्ष उखु क्रसिङ ढिलो शुरु भएको जानकारी दिँदै उहाँले एक हप्ता मात्रै कारखाना चलाएर सुनवलको चिनी कारखानाले किसानलाई मर्कामा पारेको भन्दै तत्काल सरकारले हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद पुष्पा भुसालले वीरगञ्जस्थित तत्कालीन यातायात संस्थानबाट बिपी उद्यान निर्माण गर्न बिपी उद्यानको नाउँमा खरीद गरिएको १० बिघा जग्गा २ नं प्रदेश सरकारले शहीद पार्क निर्माणको नाममा हस्तक्षेप गरेको बताउँदै प्रदेश सरकारले बिपीको इतिहास मेटाउन खोजेको आरोप लगाउनुभयो । सङ्घीय सरकारले सो विषयमा तत्काल निर्णय गर्नुपर्ने उहाँको माग थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो