२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलबाट १५ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

२०७५, २५ फाल्गुन शनिबार ०८:४१

फागुन २५, काठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रिन गार्डेन फ्यामिली रेष्टुरेंन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र रु ३७ हजार ५०५ बरामद गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो