२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! सादा पोशाकमै प्रहरी घुमिरहेका छन्, जबर्जस्ती रङ दल्ने र लोला हान्ने नगर्नुस्

२०७५, ६ चैत्र बुधबार ०४:१८

चैत ६, काठमाडौँ | काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौँ लगायत मुख्य सहरहरुमा प्रहरीले नियमित गस्ती तथा सादा पोशाकमै गस्ती गरिरहेका छन् । सादा पोशाकमा करिब ३ सय जना प्रहरी खटिएको बताइएको छ । काठमाडौँमा झन्डै १ हजार, ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिएका छन् । 

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिएका छन् । ८५ वटा क्विक रेस्पोन्स टिम समेत खटाइएको छ । बिभिन्न स्थानमा मोबाइल गस्ती भईरहेको छ । प्रहरीले गस्तीको क्रममा कसैले जबर्जस्ती रङ दलीरहेको वा जसलाई पायो उसलाई लोला हानेको, अराजक गतिविधि गर्दै गरेको देखेमा प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । त्यस्तै कसैले जबर्जस्ति लोला हाने वा रङ्ग दलेमा उसले प्रहरीमा उजुरी दिए तत्काल प्रहरीले समात्ने बताइएको छ । 

त्यस्तै प्रहरीले मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गर्नेछ । प्रहरीले रमाइलो साथ होली मनाउने, होली खेल्नकै लागि सडकमा आएकाहरुसँग मात्र होली खेल्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो