Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

By kit 2 मिनेट पढाइ

<p>चैत ६, काठमाडौँ&nbsp; | राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त हुनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।&nbsp;<br></p><p>उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गर्नुभएको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त हुनुभएको थियो ।&nbsp;</p>