२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँबाट लागुऔषधसहित ३ जना पक्राउ

२०७५, ९ चैत्र शनिबार ११:००

चैत ९, काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । 

महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ । 

यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागार्इं र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो