पढ्न करिब 1 मिनेट लाग्छ

चैत ११, काठमाडौँ (रासस) | नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार मकवानपुरका ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवीा रुम्बालाई आइतबार कलङ्कीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्रअनुसार मानव बेचविखन गरेर फरार रहेका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यसैगरी प्रहरीले जबर्जस्तीकरणी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले जबर्जस्तीकरणी मुद्दामा फरार सिन्धुलीका ३३ वर्षीय अर्जुन सुवेदीलाई आइतबार नयाँबजारबाट पक्राउ गरेको हो ।