२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

२०७५, २६ चैत्र मंगलवार ०२:१०

चैत २६, काठमाडौँ (रासस) | साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । 

परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । 

इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय यात्रुले सबै बसमा लागू होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुन्छ ।”

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ नयाँ सुविधा भित्र्याएको छ । नयाँ सुविधाकै रुपमा ‘इ–टिकेटिङ’ रहेको प्रबन्धक पाण्डेयले बताउनुभयो । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको  छ । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो ।

Photo Credit: Sajha Yatayat 

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । 

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ । 

साझाले काठमाडौँदेखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप