Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फ्रान्सेली नागरिक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>चैत ३०, काठमाडौँ (रासस) | </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सट गनमा प्रयोग हुने एक राउण्ड बुलेटसहित आज फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।<br></p><p>विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिक ५४ वर्षीय रोगेर इल खौर्यलाई एक राउण्ड लाइभ बुलेटसहित प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त बुलेट फेला परेको हो ।&nbsp;</p><p>यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।&nbsp;</p>