वैशाख १, काठमाडौं । लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँएको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेमा पर्यटक प्रहरी असई राम बहादुर खड्का रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको थियो ।

पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।

April 14, 2019
काठमाडौँ - KTM, समाज
लुक्लामा हवाईजहाज र हेलिकोप्टर दुर्घटना, प्रत्यक्षदर्शी भन्छन् ‘ठोक्किएलगत्तै आगो लाग्यो’
By साझासवाल
3 मिनेट पढाइ