Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७० औँ वार्षिकोत्सव साङ्गीतिक कार्यक्रम गरी मनाइने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख ७, काठमाडौं – नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा शनिबार अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ ।&nbsp;</p><p>दुई देशबीच पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सात दशक भएको वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरुप फ्रान्सको प्रख्यात साङ्गीतिक फ्राङ्क बेरेन्डेको टोलीले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।&nbsp;</p><p>सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्ने छिन् ।</p>