बैशाख १४, काठमाडौं – चौतर्फी विरोध र दवावपछि काठमाडौं महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ ।
महानगरपालिकाले ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काउन लागेका हो । खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।

ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।