Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२६ वर्षे मोडलको ‘क्याटवक’ गर्दा गर्दै मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

बैशाख १५, एजेन्सी । क्याटवक गर्दै गर्दा लडेपछि साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको  मृत्यु भएको छ ।आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । उक्त वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो  । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे ।

थप विवरण उक्त वक्तव्यमा दिइएको छैन । डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । सोअरेस २६ वर्षका थिए ।

पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने ।